अभिनेता अनमोल केसी फिल्ममा मात्र होइन, विज्ञापन बजारमा पनि डिमाण्डेड छन् । उनलाई विज्ञापनका लागि थुप्रै अफर त आउँछन् । तर, उनी कममा काम गर्छन् । अभिनेता केसीले हालै एक बाइकको विज्ञापनमा मोडलिङ गरेका छन् । उनी बेनेली नामक बाइकको ब्रान्ड एम्ब्यासडर बनेका छन् । यो बाइकको ब्रान्ड एम्ब्यासडर बनेको अनमोलले १० लाख पारिश्रमिक लिएका छन् ।

बाइकका सौखिन अनमोलले यसअगाडि प्रो स्टाइल हेयर वेयलको विज्ञापनमा काम गरेका थिए । विज्ञापन बजारमा समेत उनको डिमाण्ड बढिरहेको छ । तर, अनमोल आफूलाई चित्त वुझेका ब्रान्डमा मात्र काम गर्ने गर्छन् ।

Loading...
For More videos Log on to Mazzako TV