बलिउडमा निर्देशक कविर खान सफल निर्देशकको रुपमा चिनिन्छन् । ‘एक था टाइगर, बजरंगी भाइजान’ जस्ता फिल्मको निर्देशन गरिसकेका कविर अहिले अभिनेता सलमान खानसँग ‘ट्यूबलाइट’मा काम गरिरहेका छन् । यो फिल्म यसै बर्षको इदमा रिलिज हुँदैछ । amitabh bachhan

तर, कविर नयाँ फिल्मको तयारीमा लागिसकेका छन् । उनको नयाँ फिल्मका लागि बलिउडका मेघास्टार अभिनेता अमिताभ बच्चनलाई फाइनल गरिएको खबर सार्वजनिक भएको छ । कविर र अमिताभले केहि चरणको मिटिङ समेत गरिसकेका छन् ।

कविर अहिले नै यो फिल्मको बिषयमा कुराकानी गर्ने मुडमा छैनन् । तर, सलमानपछि उनी अमिताभ जस्ता स्टारसँग काम गर्ने तयारीमा छन् । यसै बर्षको अन्तिमबाट यो फिल्मको छायांकन सुरु हुनेछ ।

For More videos Log on to Mazzako TV