बलिउडमा पृथक कथाबस्तुहरुमा बेला बेला सिनेमा बन्ने गरेका छन् । यसैमध्ये मे ४ मा रिलिज हुन लागेको सिनेमा ‘१०२ नट आउट’को कथाबस्तु निकै भिन्न छ । सिनेमामा बिग बि अमिताभ बच्चन अर्का कलाकार ऋषि कपूरको पिताको भुमिकामा देखिएका छन् ।

१०० बर्ष उमेर पुगिसकेका पिता र ७० बर्षका उनका छोरा बीचको रमाईलो कथा सिनेमाले बोलेको छ । संसारको सबैभन्दा बढी बाँचेका मानिसको रुपमा गिनिज बुकमा नाम लेखाउन १०० बर्ष पुगेका पिताले के के सम्म गर्छन् र त्यो कुराले परिवारमा कस्तो कस्तो प्रभाव पर्छ भनेर सिनेमामा देखाउन खोजिएको छ ।

सिनेमाको प्रोमो रिलिज भएसँगै ‘१०२ नट आउट’लाई लिएर निकै राम्रो राम्रो प्रतिक्रियाहरु आईरहेका छन् । उमेश शुक्लाले निर्देशन गरेको यो सिनेमाको यतिबेला नयाँ गीत पनि सार्वजनिक गरिएको छ । फिल्मका मुख्य कलाकार अमिताभ बच्चन र ऋषि कपूरले नै गाएको यो गीतमा यि कलाकारहरुले मज्जाले कम्मर मर्काएका छन् ।

अमिता र ऋषि कपूरले सँगै ‘अमर अकबर एन्थोनी’, ‘कुल्ली’, ‘नसिब’, ‘कभी कभी’, ‘अजुबा’ लगायत चलचित्रमा सँगै काम गरेका थिए । तर पहिलो पटक अमिताभ ऋषि कपूरको पिताको रुपमा यो सिनेमामा देखा पर्न लागेका हुन् ।

Loading...
For More videos Log on to Mazzako TV