अभिनेता रमेश उप्रेती अभिनित फिल्म ‘ऐश्वर्य’ को ट्रेलर रिलिज भएको छ । बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि फिल्मको ट्रेलर रिलिज गरिएको हो । तिन मिनेट समय अबधी रहेको ट्रेलरमा अभिनेता रमेश उप्रेती, प्रशान्त ताम्राकार नव नायिका दीपिका प्रसाईं र नायिका केकी अधिकारी प्रस्तुत छन् । दिवाकर भट्टराई निर्दे्शित फिल्म ‘ऐश्वर्य’ कात्तिक ९ गते छट पर्वको अबसरमा प्रदर्शनमा आउने छ ।

साँगीतिक रिभेञ्ज लभ स्टोरी फिल्म ‘ऐश्वर्य’ मा अर्जुन पोखरेलेको संगीत, सुदिप बरालको सिनेम्याटोग्राफी र तेञ्जु योञ्जनको कोरियोग्राफी छ । फिल्म निर्माणमा अर्जुन श्रेष्ठ, किरण राण, निर्मल शर्माले सहकार्य गरेका छन् । ऐश्वर्यको ‘तिमी रोएको पल’ गीतले दर्शक तथा श्रोताको मन जितिरहेको छ । हेर्नुस् ट्रेलर :

Loading...
For More videos Log on to Mazzako TV