अभिनेता आमिर खानले कुनै पनि भूमिकालाई कसरि न्याय गर्छन् र त्यसका लागि कति मिहिनेत गर्छन् भन्ने वुझ्न, सार्वजनिक भएको एउटा भिडियो हेर्दा पुग्छ । aamir-khan-body-transfer

डिसेम्बर २३ मा रिलिज हुन लागेको फिल्म ‘दंगल’का लागि आमिर कति मिहिनेत गरेका छन् भन्ने यो भिडियोमा देखिएको छ ।

सार्वजनिक भएको फिल्म निर्माणको भिडियोमा आमिरले ९५ केजीबाट ७५ केजीको तौल बनाउनलाई गरेको मिहिनेत देखाइएको छ ।

महाविर सिंहको भूमिकामा देखिनका लागि ९५ केजीको तौल बनाएको आमिरले यूवा महाविर बन्नका लागि २० केजी तौल घटाएका थिए ।

आमिरले सुरुमा आफूलाई ९५ केजी तौलमा ढालेका थिए । पछि, २० केजी तौल घटाउनका लागि उनले जीममा ५ महिना खुबै मिहिनेत गरेका थिए ।

Loading...
For More videos Log on to Mazzako TV