नायिका ऋचा शर्माले निर्माण गरेको फिल्म ‘आधा लभ’को दोस्रो ट्रेलर सार्वजनिक गरिएको छ । अर्पण थापाको निर्देशन रहेको फिल्मको दोस्रो ट्रेलर सार्वजनिक गरिएको हो । केहि दिन अघि पहिलो ट्रेलर रिलिज गरिएको थियो ।

जेठ २६ गतेदेखि प्रदर्शनमा आउने फिल्मको ट्रेलरमा विभिन्न पुस्ताबिचको प्रेम र गे रिलेशनलाई समेत प्रस्तुत गरिएको छ । भिजे तथा मोडल रोजिशा शाही हट रुपमा प्रस्तुत भएकी छिन् । ऋचा फिल्मसको प्रस्तुती रहेको फिल्म ‘आधा लभ’ मा अर्पण र ऋचा सहित मिथिला शर्मा, टिका पहारी, रेमनदास श्रेष्ठ, रोजिशा शाही, विपिन मिक्की गुरुङ लगायतको अभिनय रहेको छ । फिल्ममा अर्पण कार्यकारी निर्माताको रुपमा समेत रहेका छन् । लेखन पनि उनकै हो । अर्पणले यसअघि फिल्म ‘मुखौटा’ निर्देशन गरेका थिए । दास्रोे ट्रेलर यस्तोे छ :

For More videos Log on to Mazzako TV