जिमिगु सः फिल्म प्रोडक्शनको नयाँ प्रोजेक्ट नेवारी फिल्म घोषणा भएको छ । पहिलो पटक ठूलो लगानी र क्यानभासमा नेपाल भाषा (नेवारी) फिल्म बनाउन लागेको बताइएको हो । ३० बर्ष अगाडीको नेवारी फिल्म र अहिलेको नेवारी फिल्म जस्ताको तस्तै भएको र परिवर्तन नभएको कारण पनि ठूलो लगानीमा फिल्म ‘आ छु याय ?’ निर्माण गर्न लागिएको बताइएको छ । समिर बलामीले निर्देशन गर्ने फिल्मको बजेट ४० देखी पचास लाखको बिचमा रहने छ ।

फिल्मको कलाकारहरुको लागि अडिसनको आह्वान गरिएको छ । निर्माण टिमसँग सम्पर्क वा समाजिक सञ्जाल फेसबुकमा जिमिगु सः एकाउण्टमा निशुल्क फारम भरि तत्काल ईच्छुक कलाकारहरुले अडिशन दिन सक्ने निर्माण टिमले बताईएको छ । दशै लगतै अडिशन हुने फिल्मको सबै कलाकार र प्राविधिक टोली अडिसनको बेलामा घोषणा गरिनेछ भने दशै लगतै फिल्म फ्लोरमा जानेछ ।

पोखरा, मनाङ, मुस्ताङ र काठमाडौं उपत्यकामा छायांकन हुने फिल्म नेवारी मा ‘आ छु याय ?’ र नेपालीमा ‘मनलाई सोधी हेर’ दुबै भाषामा छायाँकन गरिने पनि निर्माण टिमले बताईएको छ । फिल्ममा नेपाली फिल्मका चलेका नेवारी समुदायका अनुहारहरु पनि रहनेछन् ।

For More videos Log on to Mazzako TV