शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘मिस्टर झोले’ ले बक्सअफिसमा मज्जाको कलेक्सन गरेको छ । फिल्मको पाँच दिने ग्रस कलेक्सन वितरक गोविन्द शाहीले सार्वजनिक गरेका छन् । शुक्रबार र शनिबार फिल्मले १ करोड १० लाख कलेक्सन गर्न सफल भयो । फिल्मले उपत्यकाबाट ७० लाख ग्रस गर्दा उपत्यका बाहिरबाट ४० लाख ग्रस गरेको हो ।

त्यस्तै बाँकी दुई दिनमा फिल्मले देशभरबाट ८४ लाख ग्रस बटुल्न सक्यो । यसमा उपत्यकाबाट ४६ लाख र बाहिरबाट ३८ लाखको छ । पाँचौ दिनमा फिल्मले उपत्यकाबाट १५ लाख र बाहिरबाट १३ लाख ग्रस कलेक्सन गर्दै जम्मा २ करोड २२ लाख ग्रस बनाएको छ ।

फिल्मको कलेक्सन र दर्शक प्रतिक्रियाबाट निर्माण टिम सन्तुष्ट रहेका छन् । छैटौं दिनसम्म आईपुग्दा पनि दर्शक चापमा त्यति कमि नआएको निर्माता टेकेन खड्काले जानकारी दिए । रामबाबु गुरुङ निर्देशित फिल्म ‘मिस्टर झोले’ मा दयाहाङ राई, दीया पुन, वर्षा राउत, बुद्धी तामाङ, विजय बराल, प्रविन खतिवडा, अरुणा कार्की लगायतको अभिनय रहेको छ । सिनेमा आर्ट्स र टेकेन खड्का फिल्म प्रोडक्सनको व्यानरमा निर्मित फिल्मका निर्मातामा टेकेन खड्का र कार्यकारी निर्मातामा रौनक विक्रम कडेल छन् ।

 

Loading...
For More videos Log on to Mazzako TV