रजनीकान्त  र अक्षय कुमारको फिल्म ‘२ .०’ को ट्रेलर सार्वजनिक भएको छ । हिन्दी र तमिल भाषामा ट्रेलर सार्वजनिक गरिएको फिल्म ठूलो बजेट, भिएफएक्स अनि ठुला स्टारका कारण लामो समयदेखि चर्चामा थियो ।

ट्रेलरमा संवाद कम एक्सन बढी छ । अक्षयलाई फिल्मको ट्रेलरमा सेलफोन प्रयोग गर्नेहरुको दुश्मनको रुपमा देख्न सकिन्छ । मज्जा को भिजुअल इफेक्ट्स र अक्षय र रजनीकान्तको उत्कृष्ट डाइलग र एक्सनले ट्रेलरलाई विशेष बनाएको छ ।

एस शंकरले निर्देशन गरेको फिल्ममा रजनीकान्त र अक्षय कुमारका अलावा अभिनेत्री एमी ज्याक्सन पनि प्रमुख भूमिकामा छिन् । निर्देशक स्वयमले यसको पटकथा लेखेका हुन् । ‘२ ।०’ रजनीकान्तको फिल्म ‘एन्थरिन’ को सिक्वेल हो ।

Loading...
For More videos Log on to Mazzako TV