बलिउडमा बक्स अफिसका आधारमा अभिनेता तथा अभिनेत्रीहरुको सफलताको आँकलन गरिन्छ । बर्ष २०१६ मा पनि अपेक्षित धेरै फिल्म असफल भए । तर, यस्ता फिल्महरु सफल भए, जुन बिषयका आधारमा चले । aamir-akshya-and-salman

गतबर्ष अभिनेता अक्षय कुमारका ३ फिल्म सय करोड क्लबमा प्रवेश गरे । ‘एयरलिफ्ट, हाउसफूल ३ र रुस्तम’ले बक्स अफिसमा सय करोडको झण्डा गाडे ।

यस्तै, अभिनेता सुशान्त सिंह राजपुत अभिनित फिल्म ‘धोनीः द अनटोल्ड स्टोरी’ पनि बक्स अफिसमा सय करोड कमाउन सफल भयो ।

अभिनेता अजय देवगण अभिनित फिल्म ‘शिवाय’ पनि सय करोड क्लबमा प्रवेश गर्‍यो । रणवीर कपुर अभिनित फिल्म ‘ए दिल हे मुश्किल’ले पनि सय करोड क्लबमा नाम लेखायो ।

अभिनेता सलमान खान अभिनित फिल्म ‘सुल्तान’ पनि सय करोडमा प्रवेश गर्‍यो । यो फिल्मले त बक्स अफिसमा ३ सय करोडको आँकडा नै छोयो ।

बर्षको अन्तिम हप्ता प्रदर्शनमा आएको फिल्म ‘दंगल’ पनि सय करोड क्लबमा प्रवेश गर्‍यो । यो फिल्मले पनि ३ सय करोडको आँकडा सजिलै पार गर्ने पक्का छ । सन् २०१६ मा ८ वटा फिल्मले सय करोडको आँकडा पार गरेका छन् ।

Loading...

For More videos Log on to Mazzako TV