बलिउड अभिनेत्री प्रियंका चोपडा विश्वकै सय शक्तिशाली महिलाको सूचीमा पर्न सफल भएकी छिन् । ‘फोर्ब्स’ पत्रिकाले सार्वजनिक गरेको सय शक्तिशाली महिलाको सूचीमा प्रियंका ९७ औं मा पर्न सफल भएकी हुन् ।

त्यस्तै उनि मनोरञ्जन र मिडियाको शक्तिशाली महिलाको सूचीमा भने उनी १५ औं स्थानमा छिन् । यो विधामा वियोन्से चौथो, टेलर स्विफ्ट १२ औं र जे. के रोलिङ १३ औं स्थानमा छन् । शक्तिशाली महिलाहरुको १०० जनाको सूचीमा भने प्रियंकाको साथमा वियोन्से ५० औं, टेलर ८५ औं स्थानमा छन् । सूचीको पहिलो नम्बरमा जर्मन चान्सलर एन्जेला मर्केल छिन् । यो सूचीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभान्का ट्रम्प पनि छन् ।

 

For More videos Log on to Mazzako TV