बलिउड अभिनेता नाना पाटेकरले नायिका तनुश्री दत्ताको गम्भीर आरोप उत्कर्शमा पुगेपछी सोमबार आफ्नै घरमा पत्रकार सम्मेलन गरे । आरोप ठुलो र धेरै पटक कै भएकाले नाना बाट नयाँ र विस्तृत कुरा निस्कने आशामा ठूलो संख्यामा पत्रकार जम्मा भए ।

तर, नानाले मुश्किलले दुई मिनेट आफ्ना कुरा राखे । उनले भने, ‘मेरो कुरा १० वर्षअगाडि जे थियो अहिले पनि त्यही छ । मलाई मेरो वकिलले धेरै कुरा नगर्नु भनेको छ । त्यसैले माफी चाहन्छु । ’यत्ति भन्दै उनी उठे । लगत्तै सञ्चारकर्मीहरुले उनीमाथि प्रश्नको वर्षा गरे । तर, नानाले कुनै प्रश्नको जवाफ दिएनन् । पत्रकारको भिडलाई पन्छाउँदै उनी सुई सुई हिँडे ।

तनुश्रीले एउटा फिल्मको सुटिङका क्रममा नानाले आफूमाथि यौन दुव्र्यवहार गरेको आरोप लगाउँदै आएकी छिन् । यो घटना १० वर्ष अगाडिको हो । यो विवादले अहिले बलिउडमा निकै ठुलो चर्चा लिइरहेको छ ।

Loading...
For More videos Log on to Mazzako TV