काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै संयुक्त राष्ट्र सङ्घ, युरोपेली सङ्घ, सोसलिस्ट इन्टरनेसनल र जापानले शोक व्यक्त गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घका महासचिव बान की मुनले नेता कोइरालाको असामयिक निधनबाट आफू मर्माहत भएको उल्लेख गर्दै उनी सबैका आदरणीय राजनेता भएको उल्लेख गरेका छन् ।

महासचिवका तर्फबाट उनका प्रवक्ताले बुधवार जारी गरेको वक्तव्यमा महासचिव बानले जटिल सङ्क्रमणकाल र संवैधानिक प्रक्रियाका बेला नेपाललाई नेता कोइरालाले मार्गनिर्देश गरेका बताएका छन् ।
महासचिव बानले कोइराला परिवार र नेपाली जनतामा हार्दिक समवेदना व्यक्त गगरेका छन् ।

सोसलिस्ट इन्टरनेसनलका महासचिव लुइस आयलाले नेपाली काँग्रेसलाई आज एक समवेदना सन्देश पठाउँदै नेता कोइरालाको निधनबाट नेपालको प्रजातान्त्रिक आन्दोलनमा अपूरणीय क्षति भएको जनानाएका छन् ।

त्यसैगरी, यहाँस्थित युरोपेली प्रतिनिधिमण्डलका राजदूत रिन्चे टिरिङले सङ्घका तर्फबाट शोक सन्देश जारी गर्दै पूर्वप्रधानमन्त्री कोइरालाले लामो राजनीतिक अनिश्चितताबाट नेपाललाई अगाडि बढाएको भन्दै उनीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

नेता कोइरालाको इमान्दारी र दृढ प्रतिबद्धतापूर्ण सोचबाटै नेपालले नयाँ संविधान पाएको उल्लेख गर्दै उनले सन्देशमा नेपालको चौतर्फी विकास सुनिश्चित गर्न तथा द्विपक्षीय बाह्य कूटनीति प्रवद्र्धन गर्न उनमा स्पष्ट सोच भएको बताएका छन् ।

g]kfnL sfFu|];sf ;efklt Pjd k"j{ k|wfgdGqL :j= ;'zLn sf]O/fnf kfly{j ;/L/ . tl:a/M k|bLk/fh jGt ,/f;;

File Photo

त्यस्तै नेपाली काँग्रेसका कावा सभापति रामचन्द्र पौडेललाई समवेदना सन्देश पठाउँदै नेपालका लागि जापानी राजदूत मासासी ओगावाले जापान सरकार, त्यहाँका जनता र शोक सन्तप्त कोइराला परिवारमा हार्दिक सहानुभूति व्यक्त गरेका छन् ।

बङ्गलादेश र अमेरिकाद्वारा शोक व्यक्त

नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको असामयिक निधनमा गहिरो दुःख व्यक्त गर्दै बङ्गलादेश र अमेरिकाले शोक व्यक्त गरेका छन् ।

बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले नेपाली काँग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेललाई आज एक शोक सन्देश पठाएर दिवङ्गत नेताप्रति हार्दिक श्रद्धाञ्जलि एवं नेपाली काँग्रेस, नेपाली जनता र शोकाकूल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेकी छिन ।

सन्देशमा प्रधानमन्त्री हसिनाले नेता कोइराला एक राजनेता तथा लोकप्रिय नेता भएको भन्दै इतिहासको कठिन परिस्थितिमा उनले देखाएको दृढ नेतृत्व तथा महान् सीपको स्मरण गरेकी छिन् । उनले श्री कोइरालाको निधनबाट नेपालमात्र नभई समग्र दक्षिण एसियामा अपुरणीय क्षति भएको उल्लेख गरेकी छिन् ।

बङ्गलादेशको स्वतन्त्रता सङ्ग्रामका बेला उनले निर्वाह गरेको निःस्वार्थ एवं साहसपूर्ण भूमिकाको आफ्नो मुलुकले सधैँ स्मरण गरिरहने उल्लेख प्रधानमन्त्री हसिनाले गरेकी छिन् ।

त्यस्तै यहाँस्थित अमेरिकी राजदूतावासले पनि नेता कोइरालाको निधनमा नेपाली जनताप्रति सहानुभूति एवम् ऐक्यबद्धता प्रकट गरेको छ ।

प्रजातन्त्रका हिमायती नेता कोइरालाको प्रधानमन्त्रीत्वकालमा नयाँ संविधान जारी हुनु महान् उपलब्धि भएको भन्दै अमेरिकाले नेपालको प्रजातान्त्रिक भविष्यप्रति प्रतिबद्ध कोइराला भावी पुस्ताका निम्ति दृष्टान्त बन्ने विश्वास व्यक्त गरेको छ ।

इजरायलद्वारा समवेदना

पूर्वप्रधानमन्त्री सुशील कोइरालाको अप्रत्यासित निधन भएकोमा इजरायलले समवेदना व्यक्त गरेको छ ।

इजरायल सरकारकातर्फबाट नेपालका लागि इजरायली राजदूत यारोन मायरले नेपाली काँग्रेसका कावा सभापति रामचन्द्र पौडेललाई आज एक शोक सन्देश पठाइ नेपालका ३७ औँ प्रधानमन्त्रीका रुपमा नेता कोइरालाले निर्वाह गरेको नेतृत्वदायी भूमिकाको प्रशंसा गरेका छन् ।

इजरायलका असल मित्र कोइरालाको निधनबाट अपूरणीय क्षति भएको उल्लेख गर्दै राजदूत मायरले सन्देशमा संविधान घोषणामा उनले निर्वाह गर्नुभएको भूमिकाको सदैव स्मरण गरिने उल्लेख गरेका छन् ।

भुटानका प्रधानमन्त्रीको समवेदना
यसैबीच, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेले पूर्वप्रधानमन्त्री कोइरालाको निधनप्रति शोक सन्देश पठाई समवेदना प्रकट गरेका छन् ।

काँग्रेस विदेश विभाग प्रमुख सुजाता कोइरालामार्फत प्रधानमन्त्री तोब्गेले पठाएको सन्देशमा नेपाली काँग्रेस र नेपाली जनताका लागि दुःखद् खबर हो, भन्दै, यस विपद्को घडीमा धैर्य धारण गर्न आग्रह गरेका छन् ।

Loading...

For More videos Log on to Mazzako TV